डिभिजन वन कार्यालय
डडेल्धुरा

यहाँहरुको स्वागत गर्दछ | यस कार्यालयको वेव साईट निर्माणको क्रममा रहेको छ ।

परिचय

नेपालमा वन व्यवस्थापनको औपचारिक कार्य वि.सं. १९९९ मा काठ महल अड्डाको स्थापना र सो अन्तर्गत ३ सर्कल र १२ वन जाँच अड्डाहरु राखी शुरुवात गरिएको थियो । वि.सं. २००७ सालमा प्रजातन्त्रको विहानी सँगै २ सर्कल ११ डिभिजन र ४४ रेन्ज कार्यालयहरु सहित २००८ सालमा वन विभागको गठन भएको थियो । वि.सं. २०१२ सालमा वन विभागको प्रमुख चिफ फरेष्ट अफिसरको पद सृजना, वि.सं. २०१६ सालमा चिफ कन्जरभेटर अफिस अफ फरेष्टको गठन र सो अन्तर्गत २२ वटा डिभिजन कार्यालयहरु खडा गरिए । वि.सं. २०२६ सालमा केही सर्कल र डिभिजनहरुलाई खारेज गरी प्रधान वन कार्यालय तथा वन कार्यालयहरुको स्थापना र २०३३ सालमा राष्ट्रिय वन योजना लागु भएपछि पुनः संगठनमा परिवर्तन गरी प्रधान वन कार्यालय खारेज गर्नुका साथै ९ वटा सर्कल, ४० वटा वन डिभिजन र १७४ वटा रेन्ज कार्यालयहरुको स्थापना गरियो । वि.सं. २०४० सालमा विकेन्द्रिकरण प्रक्रियासँग मेल खाने गरी ५ वटा क्षेत्रिय वन निर्देशनालयहरु र आर्थिक वर्ष (आ.व.) २०४३÷०४४ सम्म ७५ वटै जिल्लामा जिल्ला वन कार्यालय स्थापना गरिए । जिल्लालाई बैतडी वन डिभिजन कार्यालय अन्तर्गतका २ वटा रेन्ज कार्यालयहरु उत्तर रेन्ज र दक्षिण रेन्ज कार्यालयहरुले हेर्दै आइरहेको सन्दर्भमा जिल्ला वन कार्यालय, को स्थापना वि.सं. २०३४ सालमा भएको थियो ।
नेपालका ७५ जिल्ला मध्ये ७४ वटा जिल्लामा जिल्ला वन कार्यालयहरुको संगठन संरचना रहेको र ती जिल्लाहरुलाई वनक्षेत्र र महत्वका आधारमा वि.सं. २०५० सालमा क देखि ङ सम्म गरी ५ वर्गमा विभाजन गरेकोमा जिल्ला (घ) वर्गमा पर्दछ । २०७० सालको सांगठनिक दरवन्दि अनुसार यस जिल्लामा १ सेक्टर वन कार्यालय र ८ वटा ई.व.का. रहेका छन् ।
नेपालमा संघियता आई देशको पुनर्संरचना भई रहेको अवस्थामा साविक जिल्ला वन कार्यालय डडेल्धुरा मिति २०७५।८।२६ गते दिन देखि डिभिजन वन कार्यालय डडेल्कोधुराको नाममा यो कार्यालय स्थापना तथा नामाकरण भई यस अन्तर्गत ८ ओटा सब-डिभिजन कार्यालय रहने गरि नियमित कार्यसम्पादन भई आएको छ ।

 
 
 
DFO
शम्भु प्रसाद तिवारी
डिभिजनल वन अधिकृत
dfodadeldhura096@gmail.com
९८५८७५१२९६
 
DFO
कृष्ण बहादुर बोहरा
सूचना अधिकारी
dfodadeldhura096@gmail.com
९८५८७७४८९५

 
   
सूचनाको विषय सुचना प्रकाशन मिति वेबसाइटमा सूचना राखिएको मिति र समय Download
गोलिया काठ दाउरा वोलपत्र लिलाम विक्रीको लागि सूचना
२०७९/०८/०७
२०७९/०८/०९ ११:३० बजे
धार्मिक वनको काठ वोलपत्र लिलाम विक्रीको लागि सूचना
२०७९/१०/२२
२०७९/११/०४ १६:१५ बजे
राष्ट्रिय वनको गोलिया काठ दाउरा वोलपत्र लिलाम विक्रीको लागि सूचना
२०८०/०१/२०
२०८०/०१/२० ११:२५ बजे

स्वतः प्रकाशन (Proactive Disclosure)

शिर्षक प्रकाशन गर्ने निकाय प्रकाशन वर्ष Download
संघिय वन ऐन, २०७६
नेपाल सरकार
२०७६
संघिय वन नियमावली, २०७९
नेपाल सरकार
२०७९
सुदूरपश्‍चिम प्रदेश वन ऐन, २०७७
सुदूरपश्चिम प्रदेश सरकार
२०७७
सुदूरपश्चिम प्रदेश वन नियमावली, २०७८
सुदूरपश्चिम प्रदेश सरकार
२०७८
सुदूरपश्‍चिम प्रदेश वातावरण संरक्षण ऐन, २०७७
सुदूरपश्चिम प्रदेश सरकार
२०७७
सुदूरपश्‍चिम प्रदेश पर्यटन ऐन, २०७७
सुदूरपश्चिम प्रदेश सरकार
२०७७
शिर्षक प्रकाशन वर्ष Download
नेपालमा जैविक विविधता
२०७८
समुदायमा आधारित चोरीसिकारी नियन्त्रण
२०७८
इको क्लब एक जानकारी
२०७८
मानव बन्यजन्तु द्वन्द
२०७८
महाभारत (वन संरक्षण क्षेत्र )
२०७८
मानव बाघ अन्तरसम्बन्ध
२०७८
डडेल्धुराका प्रमुख पर्यटकीय गन्तव्य
२०७८
स्कुल शिक्षा कार्यक्रम
२०७८