logo/dfologo_wf1daam.png
logo/dfologo_wf1daam.png

वि.सं:

नेपाल संवत: ११४५ कौलागा नवमी - २४

परिचय

परिचय

नेपालमा वन व्यवस्थापनको औपचारिक कार्य वि.सं. १९९९ मा काठ महल अड्डाको स्थापना र सो अन्तर्गत ३ सर्कल र १२ वन जाँच अड्डाहरु राखी शुरुवात गरिएको थियो । वि.सं. २००७ सालमा प्रजातन्त्रको विहानी सँगै २ सर्कल ११ डिभिजन र ४४ रेन्ज कार्यालयहरु सहित २००८ सालमा वन विभागको गठन भएको थियो । वि.सं. २०१२ सालमा वन विभागको प्रमुख चिफ फरेष्ट अफिसरको पद सृजना, वि.सं. २०१६ सालमा चिफ कन्जरभेटर अफिस अफ फरेष्टको गठन र सो अन्तर्गत २२ वटा डिभिजन कार्यालयहरु खडा गरिए । वि.सं. २०२६ सालमा केही सर्कल र डिभिजनहरुलाई खारेज गरी प्रधान वन कार्यालय तथा वन कार्यालयहरुको स्थापना र २०३३ सालमा राष्ट्रिय वन योजना लागु भएपछि पुनः संगठनमा परिवर्तन गरी प्रधान वन कार्यालय खारेज गर्नुका साथै ९ वटा सर्कल, ४० वटा वन डिभिजन र १७४ वटा रेन्ज कार्यालयहरुको स्थापना गरियो । वि.सं. २०४० सालमा विकेन्द्रिकरण प्रक्रियासँग मेल खाने गरी ५ वटा क्षेत्रिय वन निर्देशनालयहरु र आर्थिक वर्ष (आ.व.) २०४३/०४४ सम्म ७५ वटै जिल्लामा जिल्ला वन कार्यालय स्थापना गरिए । डडेल्धुरा जिल्लालाई बैतडी वन डिभिजन कार्यालय अन्तर्गतका २ वटा रेन्ज कार्यालयहरु उत्तर रेन्ज र दक्षिण रेन्ज कार्यालयहरुले हेर्दै आइरहेको सन्दर्भमा जिल्ला वन कार्यालय, डडेल्धुराको स्थापना वि.सं. २०३४ सालमा भएको थियो ।

नेपालका ७५ जिल्ला मध्ये ७४ वटा जिल्लामा जिल्ला वन कार्यालयहरुको संगठन संरचना रहेको र ती जिल्लाहरुलाई वनक्षेत्र र महत्वका आधारमा वि.सं. २०५० सालमा क देखि ङ सम्म गरी ५ वर्गमा विभाजन गरेकोमा डडेल्धुरा जिल्ला (घ) वर्गका १७ जिल्ला मध्ये एक मा राखीएको थियो, भने पछील्लो संघिय संरचना अनुसार नेपालका ७७ जिल्लालाई वन ब्यबस्थापन गर्न सहज हुने गरी डिभिजन वन कार्यालय, डडेल्धुरा सहीत ८४ वटा डिभिजन वन कार्यालयमा बिभाजन गरीएको छ । यस डिभिजन वन कार्यालय अन्तर्गत ८ वटा सब-डिभिजन वन कार्यालयहरु छन । परशुराम न.पा. क्षेत्रमा २ वटा (सादनी र परशुरामधाम) र बाँकी पालिका क्षेत्र हेर्ने गरी १/१ वटा सब-डिभिजन वन कार्यालयहरु रहेका छन ।